
काठमाण्डु, १५ असोज–आगामी शुक्रवारदेखि कतारमा हुने १९ बर्ष मुनिको एएफसी च्याम्पियनसिपको छनौट खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली मंगलबार कतार जाँदैछ ।
प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले उज्वेकिस्तान, भारत, आयोजक कतार र तुर्कमेनिस्तानविरुद्ध खेल्ने छ । नेपालले पहिलो खेल तुर्कमेनिस्तानविरुद्ध शुक्रबार दोहामा खेल्ने छ । नेपाली १९ बर्ष मुनिको टोली अहिलेसम्म दोस्रो चरण प्रवेश गर्न सकेको छैन । यद्यपि यसपटक राम्रो प्रदर्शन गर्ने प्रशिक्षक राजुकाजी शाक्यको भनाइ छ ।
प्रतियोगितामा एसियाका ४० देशले ९ समूहमा रहेर प्रतिस्पर्धा गर्दै छन् । जसबाट हरेक समूहका विजेताले फाइनल चरण प्रवेश गर्नेछन् भने उत्कृष्ट ६ उपविजेताले अन्तिममा स्थान बनाउने छन् । समूह विजेता र उपविजेता गरी १५ टिम तथा आयोजक म्यानमारसहित १६ टिमले आगामी वर्ष म्यानमारमा फाइनल चरणको खेल खेल्नेछन् ।