
कास्की, १४ कात्तिक– तेस्रो सफल पोखरा कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा थ्री स्टार क्लब फाइनलमा प्रवेश गरेको छ ।
थ्री स्टारको यो जितसँगै चिरप्रतिद्वन्द्वी मनाङ मस्र्याङ्दीसँग उपाधिका लागि भिड्ने पक्का भएको हो । दुबै टिम ए डिभिजन क्लब हुन् ।
पोखरा रंगशालामा जारी प्रतियोगितामा विहिबार हङकङ नेप्लिज एसोसियशनलाई २–१ को गोल अन्तरले हराउँदै थ्री स्टार फाइनलमा पुगेको हो । खेल सुरु भए लगत्तै हङकङले पेनाल्टीबाट अग्रता लिएपनि दोस्रो हाफमा त्यसलाई निरन्तरता दिन नसक्दा हङकङले पराजय बेहोरेको हो ।
दोस्रो हाफको ५७ औं मिनेटमा थ्रीस्टारका प्रकाश बुढाथोकीको गोलबाट बराबरीमा पुगेको खेललाई जोकाही डोडोजले गोल गरेपछि थ्री स्टारको जित सुनिश्चित भएको हो । प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।