यमराजलाई सन्देश पठाउन काग सम्मेलन हुने

काठमाण्डु टुडे २०७० कार्तिक १४ गते १०:१९ मा प्रकाशित

crow groupकाठमाण्डु, १४ कात्तिक– गौतम सापकोटाले कागको पूजा गर्दै काग सम्मेलन गर्ने भएका छन् । शान्ति र संविधान निर्माण नहुन्जेलसम्म नेपालमा केही नहोस भन्ने सन्देश कागमार्फत यमराजलाई पठाउन काग सम्मेलन गर्न लागेको सापकोटाले बताएका छन् ।

हरेक बर्ष जस्तै यस वर्ष पनि उनले काग पूजाको दिन शुक्रवार काठमाण्ठुको नारायणहिटी दरबारमा काग सम्मेलन गर्न लागेका हुन् । शान्ति र सम्मेलनका लागि काग सम्मेलन नाम दिएर झण्डै दुई हजार कागलाई बोलाएर सम्मेलन गर्ने उनले जानकारी दिए ।

हिन्दु धर्म परम्परा अनुसार कागलाई यमदुतको रुपमा मान्ने हुँदा यमराजलाई सन्देश पठाउन सम्मेलन गर्न लागेको उनको भनाइ छ । काठमाण्डुमा पत्रकार सम्मेलन गर्दै  काग तिकारका दिन अपरान्ह साढे ३ बजेदेखि साढे ५ बजेसम्म काग सम्मेलन गर्ने बताए ।

गौतमले आफ्नो मुखबाट कागसँग सम्बाद गरेर काठमाण्डु वरिपरि भएका कागहरुलाई निम्ता दिएर नारायणहिटीमा रहेको रुखमा बसाएर काग सम्मेलन गर्ने बताए । उनले आफूले नेपालमा पाईने पाँच प्रकारका काग मध्ये हिमाली कागबाहेकका तीन कागलाई बोलाउन सक्ने र उनीहरुसँग संवाद गर्न सक्ने सुनाए ।

गौतमले यसअघि पनि विभिन्न अवसरमा कागलाई एक ठाँउमा बोलाएर आफ्नो क्षमता प्रर्दशन गरिसकेका छन । उनले आफ्नै नाममा बर्डमेन गौतम सापकोटा फाउण्डेसन समेत दर्ता गरेका छन । उनको यस पटकका काग सम्मेलन सोही फाउण्डेसनले आयोजना गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us