भारतमा सडक दुर्घटना ४४ जनाको मृत्यु

काठमाण्डु टुडे २०७० कार्तिक १३ गते १५:४८ मा प्रकाशित

नयाँ दिल्ली, १३ कात्तिक–दक्षिणी भारतको एक  राजमार्गमा बुधबार बिहानै भएको सडक दुर्घटनामा कम्तीमा ४४ व्यक्तिको मृत्यु भएको छ ।
दक्षिणी भारतको बैङ्गलोर र हैदरावाद सहरको मध्यभागमा पर्ने  राजमार्गमा सो दुर्घटना  भएको जनाइएको छ । करिब ४९ व्यक्तिले यात्रा गरिरहेका यस बस एक तेल ट्याङ्कसँग ठोक्किदा  सो बसमा आगलागी  भएकोे जनाइएको छ ।
स्थानीय समयअनुसार बिहान ५ बजे सो घटना भएको हो । बिहान सबेरै प्रायः यात्रु निदाइरहेका अवस्थामा घटना  भएको हुनाले हताहतीको सङ्ख्या बढी भएको समाचारमा उल्लेख छ ।
बसमा सवार रहेका ४९ व्यक्तिमध्ये ४४ को मृत्यु भएको र बसचालक र उनका सहयोगीसहित पाँच व्यक्तिहरु बसको झ्यालबाट भागी बाँच्न सफल भएका छन ।
भारतमा सन् २०१२ मा भएको सडक दुर्घटनाहरूमा करिब एकलाख ४० हजार व्यक्तिको मृत्यु भएको राष्ट्रिय अपराध अभिलेख विभागले जनाएको छ ।
गत मे मा  भारतको उत्तरी राज्य हिमाञ्चल प्रदेशमा भएको सडक दुर्घटनामा कम्तीमा ३३ व्यक्तिको मृत्यु भएको थियो ।
त्यसैगरी यसै महिनाको सुरुमा आसाम राज्यको उत्तर पूर्वी क्षेत्रमा भएको सडक दुर्घटनामा कम्तीमा ३० व्यक्तिको मृत्यु भएको थियो । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us