एमाओवादीलाई सघाउन युरोपमा समिति गठन

काठमाण्डु टुडे २०७० कार्तिक १३ गते १०:११ मा प्रकाशित

maoist flagडेनमार्क, १३ कात्तिक– नेपालको संविधानसभाको चुनावलाई सहयोग गर्न युरोपमा रहेका प्रगतिशील संगठनहरुले एकिकृत माओवादीलाई सघाउन पाँच सय १५ सदस्यीय चुनाव प्रचार–प्रसार समिति गठन गरेको छ ।

प्रगतिशील नेपालीहरुको भेलाले नेपालका पार्टीहरुको चुनावी घोषणापत्रबारे छलफल गर्दै दधिराज घिमिरेको संयोजकत्वमा युरोपको विभिन्न देशका प्रतिनिधिहरु सदस्य रहने गरी समिति गठन गरेको हो ।

भेलाले विभिन्न उत्पीडितको मुक्तिको सवाल तथा प्रवासी नेपालीहरुको मुख्य माग ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने नारालाई एकिकृत माओवादीले प्रतिवद्धतापत्रमा राखेकोले युरोपका प्रगतिशील संगठनले एमाओवादीलाई सहयोग गर्ने निश्कर्ष निकालेको हो । साथै नेपाली कांग्रेस र एमालेले आफ्नो घोषणापत्रमा प्रवासी नेपालीको बारेमा स्पष्ट धारणा राख्न नसकेको पनि उनीहरुको आरोप छ ।

गठित समिति अन्तर्गत उदय गौतम (डेनमार्क), सुरेन्द्र श्रेष्ठ (बेलायत), किष्ण अर्याल (नर्वे), प्रकाश पौडेल (बेल्जियम), अच्युत फुयाँल (स्वीजरल्याण्ड), गोविन्द भण्डारी (इटाली), गंगा भुषाल (स्पेन), सागर पोख्रेल (जर्मनी), दलाराम तामाङ्ग (आईरल्याण्ड), कृष्णकुमार ढकाल (स्विडेन), कर्ण राउत (नेदरल्यण्ड), शेरसिंह ठकुर (पोचुर्गल) र महिलातर्फ सुष्मा भुषालसंयोजक रहने गरी देशीय समितिहरु निर्माण गरिएको छ ।

भेलाले भौतिक रुपमा नै चुनाव प्रचा–प्रसारमा नेपाल जानका लागि संयुक्त नेपाली मोर्चाका उपाध्यक्ष तथा प्रचार–प्रसार समितिका बेलायत संयोजक सुरेन्द्र श्रेष्ठको अगुवाईमा कृष्ण पौडेल, पवन सुबेदी, भानु पोखरेल, हरी प्रसाद न्यौपाने, नवराज मैनाली, कमल केसी, चे ग्वेभारा, धनेस घले नेपाल जाने तयारीमा छन् । प्रगतिशिल महिलाको तर्फबाट महिला संयोजक सुस्मा भुषालको अगुवाईमा कल्पना मगर, बिनासरा आले नेपाल जाने रहेको संयोजक घिमिरेले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us