
पोर्तुगल–नेपाली जनप्रगतिशिल मन्च पोर्तुगलले मिर्गौला रोगबाट पीडित बाग्लुङका चित्र बहादुर गौचनको उपचारकालागि आर्थिक सहयोग गरेको छ ।
बाग्लुङको हिल गाविस स्थायी घर भई विगत चार बर्षदेखि पोर्तुगलको राजधानी लिस्बोनमा बस्दै आएका श्रेष्ठलाई ४ जहार ४१९ यूरो आर्थिक सहयोग गरिएको हो । २७ अक्टोबर २०१३ को दिन पोर्तुगलको राजधानी लिस्बोनको मार्केस पोम्बालमा एक कार्यक्रमकाबीच अध्यक्ष राम बहादुर गौचनले रकम हस्तान्तरण गरेका थिए ।
श्रेष्ठका दुवै मिर्गौलाले काम गर्न छाडेका छन् । उनको उपचार लिस्बोनस्थित एक अस्पतालमा उपचार भैरहेको छ ।
कार्यक्रममा सहभागीहरुले श्रेष्ठको शिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।
नेपाली जनप्रगतिशिल मंच पोर्तुगलले एक सहयोग समिति गठन गरि पोर्तुगलमा बसोबास गर्दै आएका नेपालीहरुबाट रकम संकलन गरेको थियो । सो रकम मध्ये २१६ युरो किशोर शेरचनको पहलमा बेलायतमा बस्ने नेपालीहरुबाट प्राप्त भएको थियो । त्यसैगरी पोर्तुगलबाट बेलायत गएका जयराम लामाको पहलमा २७९ युरो प्राप्त भएको थियो ।