
काठमाण्डु, १३ कात्तिक–लिग कप फुटबलमा म्यानचेस्टर युनाईटेड र चेल्सी विजयी भएका छन् । मंगलबार भएको खेलमा म्यान्यूले नर्विच सिटीलाई ४–० गोल अन्तरले पराजित गर्यो ।
म्यान्यूका लागि जाभियर हर्नान्डेजले दुई तथा फिल जोन्स र फावियोले एक–एक गोल गरे ।
अर्को खेलमा चेल्सीले आर्सनललाई २–० गोल अन्तरले पराजित गर्यो । चेल्सीको जितमा सिजर र माटाले एक–एक गोल गरेका थिए ।
यस्तै अर्को खेलमा वेस्ट ह्यामले बर्नलेलाई २–० तथा फुलह्यामले लेस्टरलाई ४–३ गोल अन्तरले पराजित गरेका छन् ।
यस्तै खेलको पुरा समय ४–४ को बराबरी भएपछि स्टोकले बर्मिङ्घमलाई ट्राइबेकरमा ४–२ ले पराजित गरेको छ ।