एमाओवादीलाई जिताउन बेल्जियमबाट महिलाहरुको टोली नेपाल अाउँदै

काठमाण्डु टुडे २०७० कार्तिक १२ गते १४:५५ मा प्रकाशित

communist flagबेल्जियम– नेपाली प्रगतिशील महिला मञ्च, बेल्जियमले आउँदो संविधानसभा निर्वाचनमा एकीकृत माओवादीको चुनावी प्रचार‍प्रसारमा सघाउन एक टोली नेपाल पठाउने भएको छ ।

एमाओवादीको पक्षमा जनसमर्थन जुटाउन मञ्चकी पूर्वअध्यक्ष तथा सल्लाहाकार कल्पना मगरको नेतृत्वमा महिलाहरुको टोली नेपाल पठाउन लागिएको हो । 

युरोपमा रहेका नेपाली महिलाहरुले नेपाल अाएर महिलाहरुको मुक्तिकामी एजेण्डा बोकेको पार्टीलाई सघाउन मञ्चकी अध्यक्ष बंजगाईंको प्रस्ताव पारित गर्दै मञ्चले सो निर्णय गरेको हो । प्रगतिशील महिलाहरुको प्रतिनिधित्व गर्दै युरोपभर रहेका प्रगतिशील संगठनहरुको टोलीसंगै महिलाहरुको ब्यानरमा नेपालका विभिन्न निर्वाचन क्षेत्रमा चुनावी प्रसारमा सहभागी हुने अध्यक्ष बजगाईंले बताएकी छन् ।

काठमाण्डु टुडे डट कमका युरोप प्रतिनिधिसँग कुरा गर्दै बजगाईंले भनिन्, ‘नेपालमा महिलामाथिको उत्पीडनको अन्त गर्नु भनेको महिलाहरुलाई अधिकार सम्पन्न गराउनु हो, जुन संविधानसभाबाट बन्ने संविधानले मात्र गर्न सक्छ ।’ एमाओवादीको प्रतिबद्धता पत्रमा स्पष्टसंग महिलाहरुको मुक्तिको विषयमा लेखिएको उल्लेख गर्दै उनले प्रवासी नेपालीहरुको मुख्य माग एकपटकको नेपाली सधैंको नेपाली भन्ने नारालाई पनि एमाओवादीले समेटेकाले उसलाइ सघाउन नेपाल जान लागेको बताइन् ।

nepali progressive women forum belgium

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us