युएईले थप नेपालीलाई रोजगारी दिने

काठमाण्डु टुडे २०७० कार्तिक १२ गते ११:४९ मा प्रकाशित

uae-minister-abasकाठमाण्डु, १२ कात्तिक– संयुक्त अरब इमिरेट्स (युएई) ले बढीभन्दा बढी नेपाली श्रमिकलाई रोजगारीका अवसर उपलब्ध गराउने भएको छ ।

नेपाली कामदारको सुरक्षाप्रति आफ्नो देशको सरकार गम्भीर रहेको बताउँदै मन्त्री घोबासले युएइको कानुनको पालना नगर्ने कम्पनीलाई कारबाही गर्ने प्रावधान रहेको र त्यसैअनुरुप भइरहेको बताए ।

नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेका श्रममन्त्री सकर घोबास सइद घोबासले श्रममन्त्री हरिप्रसाद नेपाललाई भेट्दै थप नेपाली श्रमिकलाई अवसर दिन युएई सकारात्मक रहेको समेत बताएका छन् ।

हाल युएईमा एकलाख ५० हजार नेपाली कार्यरत छन् । नेपालीहरू निर्माण, सुरक्षा, सेवा प्रदायक क्षेत्र र कलकारखानामा काम गरिरहेका छन् । औसतमा उनीहरूको मासिक तलब रु १८ देखि ३० हजार छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us