थ्री स्टार सेमिफाइनलमा, पोखरा ११ को दुर्भाग्य

काठमाण्डु टुडे २०७० कार्तिक ११ गते १४:०७ मा प्रकाशित

कास्की, ११ कात्तिक– तेस्रो सफल पोखरा कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा थ्री स्टार क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा दुर्भाग्यपूर्ण रुपमा ट्राइब्रेकरमा पोखरा ११ ले हारेपछि लिग विजेता थ्री स्टारले अवसर पाएको हो ।

सोमबार भएको क्वार्टरफाइनल खेलमा पोखरा ११ लाई टाइब्रेकरमा ४–३ गोलअन्तरले हराउँदै थ्री स्टार सेमिफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समयभित्र दुवैको एक/एक गोल भएपछि टाइब्रेकरको आधारमा निर्णय लिइएको हो ।

प्रतियोगितामा मंगलबार नेप्लिज फुटबल एसोसिएसन हङकङ र भुटान नेसनल टिमबीच खेल हुनेछ ।

safal_pokhara_cup

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us