१४ क्रिकेट खेलाडी छान्न यु–१९ छनोट प्रतियोगिता सुरु

काठमाण्डु टुडे २०७० कार्तिक ११ गते ९:०९ मा प्रकाशित

can-cricketमहोत्तरी, ११ कात्तिक– नेपाल क्रिकेट संघ (क्यान)ले महोत्तरीको जलेश्वरमा १९ वर्षमुनिका (यु–१९) क्षेत्रीय क्रिकेट खेलाडी छनोट प्रतियोगिता सुरु गरेको छ । सङ्घले सो प्रतियोगिताबाट १४ जना १९ वर्ष मुनिका क्रिकेट खेलाडी छनोट गर्नेछ ।

नेपाल क्रिकेट सङ्घको क्षेत्र नं. ७ जनकपुरको संयोजन तथा जिल्ला क्रिकेट सङ्घ महोत्तरीको आयोजनामा सुरु भएको प्रतियोगिता पाँच दिनसम्म चल्नेछ । क्षेत्र नं. ७ जनकपुर अन्तर्गत पर्ने महोत्तरी, धनुषा, सर्लाही र सिरहा गरी चार जिल्लाबाट खेलाडी छनोन हुनेछ ।

खेलको उद्घाटन महोत्तरीका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले ब्याटिङ र जलेश्वर नगरपालिकाका प्रमुख रमेश दासले बलिङ गरेर संयुक्तरुपमा गरेका हुन् । प्रतियोगिताको पहिलो दिन महोत्तरी र धनुषाबीच खेल भइरहेको छ ।

खेलाडी चयन भएर आउँदो कात्तिक २२ गतेदेखि काठमाण्डुमा हुने राष्ट्रिय यु–१९ क्रिकेट प्रतियोगितामा भाग लिन त्यसतर्फ जाने क्यान महोत्तरीका अध्यक्ष एवम् क्षेत्र नम्बर ७ का उपाध्यक्ष रोशन सिंहले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us