पशुपतिका असहायहरुलाई एक डलर सहयोग

काठमाण्डु टुडे २०७० कार्तिक ११ गते ७:३३ मा प्रकाशित

काठमाण्डु ११ कात्तिक–एक–एक डलर उठाएर अमेरिकामा बस्दै आएका नेपालीहरुले पशुपतिमा रहेका असाहायहरुलाई सहयोग गरेका छन । अमेरिकामा रहेका नेपालीहरुले स्थापना गरेको एचडिएनपी नामक संस्था मार्फत पशुपतिमा रहेका एक सय भन्दा बढी असाहायलाई जाडोमा प्रयोग हुने कपडा र खानेकुरा सहयोग गरिएको हो ।

अमेरिकामा बस्दै आएका नेपालीले एक एक डलर दिएर जम्मा भएको रकमले नेपालमा रहेका असाहयहरुलाई सहयोग गर्ने संस्थाले जनाएको छ । संस्थाले प्रत्येक महिनाको दुई पटक नेपालभित्र रहेका संस्थाहरु मार्फत सहयोग हस्तान्तरण गर्ने जनाएको छ । पशुपतिमा सहयोग बितरण गर्दे संस्थाका संस्थापक देवी आचार्यले बिदेशमा रहेर मातृभूमिको सेवा गर्न पाउदा आफु हर्षित भएको बताए।  उनले बिदेशमा रहेका नेपालीको सहयोगबाट नेपालमा सामाजिक सेवा गर्ने लक्ष्य रहेको बताए । संस्थाले यसअघि पनि  पटक पटक अनाथ वालवालिकाका लागि बिभिन्न सहयोग प्रदान गरेको थियो

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us