राजुको दुई गोलबाट आर्मी सेमिफाइनलमा

काठमाण्डु टुडे २०७० कार्तिक १० गते ११:३९ मा प्रकाशित

army-club-footbal;l-safal-pokharaकास्की, १० कात्तिक– पोखरामा जारी तेस्रो सफल पोखरा कप फुटबल प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको क्वाटरफाइनल खेलमा हिमालयन शेर्पालाई २–१ को गोल अन्तरले हराउँदै आर्मीले सेमिफाइनल यात्रा तय गरेको हो । खेलको १७ औं मिनेटमा सेइगुनको गोलबाट अग्रता लिए पनि हिमालयनले लय जारी नराख्दा हार बेहोर्न परेको हो ।

खेलको पहिलो हाफमै आर्मीका राजु तामाङले पेनाल्टी मार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । त्यस्तै आर्मीका राजु तामाङले नै अर्को गोल थपेपछि खेलमा आर्मीको जित सुनिश्चित भएको हो । यसअघि शनिबार मनाङ मस्र्याङ्दी क्लब सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

प्रतियोगितामा सोमबार थ्रीस्टार क्लब र पोखरा ११ बीच क्वाटरफानइनल खेल हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us