वार्सिलोनाको अविजित यात्रा जारी

काठमाण्डु टुडे २०७० कार्तिक १० गते १:३६ मा प्रकाशित

Barcelonaकाठमाण्डु, १० कात्तिक–स्पेनी लिग ला लिगा अन्तरगत वार्सिलोनाले रियल म्याड्रिडलाई हराउँदै लिग तालिकामा स्पस्ट ४ अंकको अग्रताकासाथ शीर्ष स्थान कायम राखेको छ । वार्सिलोनाको घरेलु मैदान नु क्याम्पमा शनिबार राति खेलिएको खेलमा वार्सिलोनाले रियाल म्याड्रिडलाई १ का विरुद्ध २ गोलले पराजित गर्‍यो ।

वार्सिलोनाका लागि ब्राजीलका अग्रपङ्तीका खेलाडी नईमार र चीलीका राष्ट्रिय खेलाडी एलेक्सिस सान्चेजले एक–एक गोल गरे । खेलको १९ औ मिनेटमा नईमारको गोलबाट अग्रता लिएको वार्सिलोनाको अग्रतालाई चिर्ने रियाल म्याड्रिका स्टार खेलाडी रोनाल्डिनो सहित अन्य खेलाडीको निरन्तरको प्रयास असफल रह्यो । यसै क्रममा खेलको ७८ औं मिनेटमा सान्चेजले वार्साको अग्रता दोब्बर पारे ।

रियालले खेलमा फर्कने लगातार प्रयास जारी राखे पनि खेलको ९० औ मिनेटमा घरेलु खेलाडी जेजे रोड्रिगेजले रियलको लागि एकमात्र सान्त्वना गोल गरे । हारसँगै रियाल म्याड्रिड लिग तालिकाको तेस्रो स्थानमा झरेको छ । ला लिगामा १० लेग समाप्त हुँदा अहिलेसम्म वार्सिलोनाले एक खेल पनि गुमाएको छैन ।

ला लिगा अन्तरगत शनिबार राति भएका अन्य खेलमा सेल्टा डि भिगोले मालागालाई शून्यका विरुद्ध ५ गोलले, ग्रनाडाले एल्चेलाई शून्यका विरुद्ध एक गोलले र लेभान्तेले एस्पानियोललाई शून्यका विरुद्ध ३ गोलले पराजित गरे ।

ईङ्ग्लिस प्रिमियर लिगमा म्यान्यूको रोमाञ्चक जीत
यता ईङ्ग्लिस प्रिमियर लिगमा स्टोक सिटि विरुद्ध दुई–एकले पछि परेको म्यानचेस्टर युनाईटेडले खेलमा फर्कदै ३–२ को रोमाञ्चक जीत हात पारेको छ । यसपटकको लिगको खराब सुरुआत गरेको साविक विजेता म्यान्यू खेलको चौथो मिनेटमा नै गोल बेहोरेर स्तब्ध बनेको थियो ।

म्यान्यूको घरेलु मैदान ओल्ड ट्राफोर्डमा खेलिएको खेलमा स्टोकलाई अग्रता दिलाउन ईङ्ल्याण्डको राष्ट्रिय टोलीका पूर्व स्ट्राईकर पीटर काउचले पहिलो गोल गरे । स्टोकको अग्रतालाई चिर्ने लगातारको प्रयासपछि खेलको ४३ औं मिनेट म्यान्यूका तर्फबाट नेदरल्याण्डका राष्ट्रिय खेलाडी भेन पर्सीले गोल गर्दै खेललाई बराबरीमा ल्याए । तर बराबरीको अवस्था २ मिनेट पनि रहन नपाउँदै स्टोकका अष्ट्रियन खेलाडी आर्नौटोभिकले खेलको ४५ औं मिनेटमा स्टोकको लागि दोस्रो गोल गरे ।

पहिलो हाफमा २–१ ले पछि परेको म्यानचेस्टरले दोस्रो हाफमा लगातार आक्रमणको प्रयास गरे पनि खेलको ७८ औं मिनेटमा वायन रुनीको गोलले खेल फेरि बराबरीमा आयो । त्यसको दुई मिनेटपछि खेलको ८० औं मिनेटमा म्याक्सिकन खेलाडी हर्नान्डेजले गोल गर्दै म्यान्यूलाई ३–२ को अग्रता दिलाए ।

शनिबार राति खेलिएका अन्य खेलमा लिभरपुलले वेस्टबु्रमलाई १ का विरुद्ध ४ गोलले हरायो । लिभरपुलका लागि उरुग्वेका स्ट्राईकर लुईस स्वारेजले खेलको १२ औं, १७ औं र ५५ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरे । अर्को गोल खेलको ७७ औं मिनेटमा स्टुरिजले गरे । ब्रुमकालागि एकमात्र सान्तवना गोल खेलको ६६ औं मिनेटमा पेनाल्टी मार्फत आयो । जितसँगै लिभरपुल तालिकको शीर्ष स्थानमा रहेको आर्सनलसँगको अंकको अन्तर कम गर्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

अन्य खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई शून्यका विरुद्ध २ गोलले पराजित ग¥यो भने इभर्टनले एस्टन भिलालाई पनि शून्यका विरुद्ध २ गोलले नै पराजित गर्यो । समान २–० को अन्तरले साउथ ह्याम्प्टनले फुलह्यालाई पराजित गर्यो भने नर्विच र कार्डिफबीचको खेल गोलरहित बराबरीमा टुङ्गियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us