
कास्की, ९ कात्तिक– तेस्रो सफल पोखरा कप फुटबल प्रतियोगितामा मनाङ मस्र्याङ्दी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । जावलाखेल क्लबसँग फराकिलो जित निकाल्दै मनाङ सेमिफाइनल प्रवेश गरेको हो ।
पोखरा रंगशाला जारी प्रतियोगितामा शनिबार मनाङले जावलाखेललाई ५–० को फराकिलो अन्तरले हराएको हो । मनाङको जितका लागि दीपक राई, सुजल श्रेष्ठ, सागर थापा, सुलभ मास्के र शिव श्रेष्ठले एक, एक गोल गरेका थिए ।
मनाङ वाई पाएर क्वटरफाइनलमा सिधै पुगेको थियो भने जवलाखेलले फ्रेन्डस्लाई हराएर क्वाटरफाइनलको यात्रा तय गरेको थियो । आइतबार नेपाल आर्मी र हिमालयन शेर्पाबीच क्वाटरफाइनल खेल हुनेछ ।