
ललितपुर, ९ कात्तिक– सशस्त्र प्रहरीले भक्तपुरको बाराही गेष्टहाउसबाट एक थान पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।
सशस्त्रले विशेष सूचनाका आधारमा एक थान इटालियन पेस्तोल र सोको ७ राउण्ड गोलीसहित दोलखाका सुमित कार्कीलाई पक्राउ गरेको हो । उनका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
संविधानसभा निर्वाचन नजिकिंदै जाँदा राजधानीमा साना हतियारको बिगबिगी बढ्न थालेको छ । यसअघि शुक्रबार पनि सशस्त्र प्रहरीले राजधानीको थानकोटाबाट एक थान पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको थियो ।