नेता बो शिलाईको अपील खारेज

काठमाण्डु टुडे २०७० कार्तिक ८ गते ५:५० मा प्रकाशित

Xlaiकाठमाण्डु–भ्रष्टाचार र पदको दुरुपयोग अभियोगमा जन्मकैदको सजाय सुनाइएका चिनियाँ कम्युनिस्ट पार्टीका नेता बो शिलाईको अपील चीनको एक अदालतले खारेज गरेको छ । शानदोंग हायर पीपुल्स कोर्टले बोले दिएको निवेदन खारेज गर्दै जन्मकैदको सजाय सदर गरेको हो ।

गत सेप्टेम्बर महिनामा जिनानको इन्टरमीडिएट कोर्टले ६४ बर्षीय बोलाई भ्रष्टाचारी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो । त्यस फैसला विरुद्ध उनले उच्च न्यायालयमा पुनरावेदन दिएका थिए । उच्च अदालतले इन्टरमीडिएट कोर्टको सजाय सदर गरेपछि बोको सबै कानुनी बाटो समाप्त भएको र तोकिएको सजाय भुक्तान गर्नुको विकल्प नभएको चिनियाँ समाचार एजेन्सी सिन्हुवाले जनाएको छ ।

उनलाई कुन जेलमा राखिन्छ भन्ने कुराको आधिकारिक जानकारी भने दिइएको छैन । जानकारहरुले १४ बर्षपछि उनको सजायको समिक्षा हुन सक्ने बताएका छन् । (एजेन्सी)

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us