लिभरपुल लिग तालिकाको दोस्रो स्थानमा

काठमाण्डु टुडे २०७० असोज १४ गते २:०० मा प्रकाशित

English-Premier-Leagueकाठमाण्डु, १४ असोज– उरुग्वेका राष्ट्रिय खेलाडी लुईस स्वारेजले १० खेलको प्रतिवन्ध पछि प्रिमियर लिगमा उत्कृष्ट पुनरागमन गरेसँगै लिभरपुल फेरि एकपटक लिग तालिकाको दोस्रो स्थानमा पुगेको छ । आईतबार राती लिभरपुल र सन्डरल्याण्डबीच भएको खेलमा लिभरपुलले सण्डरल्याण्डलाई ३–१ गोलले पराजित गर्‍यो । लिभरपुलकालागि लुईस स्वारेजले २ गोल गरे ।

लिभर पुलकालागि गोलको सुरुवात खेलको २८ औं मिनेटमा ईंग्ल्याण्डका राट्रिय टोलीका स्ट्राईकर ड्यानियल स्टुरेजले गरे । खेलको ३६ औं मिनेटमा स्वारेजले लिभरपुलको अग्रतालाई दोब्बर बनाए । सन्डरल्याण्डकालागि ईटालीका खेलाडी ईमानुयल गाईछिनीले एक गोल फर्काउदा लिभरपुलको अग्रतालाई कम गर्दै खेलमा फर्किन सक्ने आशा जगाए तर खेलको ८९ औं मिनेटमा स्वारेजले ब्यक्तिगत दोस्रो र टोलीकालागि तेस्रो गोल गर्दै लिभरपुलको सहज जीत सुनिश्चित गरे ।

सन्डरल्याण्डको लिगमा यो पाँचौ हार हो । एक खेलमा मात्र बराबरी गरेको सन्डल्याण्ड लिग तालिकाको पुछारमा छ । लिग तालिकाको शीर्ष स्थानमा १५ अंक सहित आर्सनल कायम छ ।

आईतबार राती नै भएको अर्को खेलमा नर्विचले स्टोकलाई शून्यका विरुद्ध १ गोलले पराजित गर्‍यो । नर्विचकालागि एक मात्र गोल जोनी हाउसनले गरे ।

छैठौं लेगको अन्तिम खेलमा सोमबार राती एभरटन र न्यूक्यासल भिड्ने छन् । एभरटनले जीत निकाल्न सके चेल्सीलाई विस्थापित गर्दै लिग तालिकाको चौथो स्थानमा पुग्ने छ । तालिकाको तेस्रो स्थानमा लिभरपुलको समान १३ अंकका साथ टोटनह्याम रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us