काँग्रेसका उम्मेदवार आज टुंगो लाग्ने

काठमाण्डु टुडे २०७० असोज १४ गते ३:४७ मा प्रकाशित

NC-Flagकाठमाण्डु, १४ असोज– नेपाली काँग्रेसले प्रत्यक्ष तर्फको उम्मेदवारको सूचीलाई सोमबार अन्तिम टुंगो लगाउने भएको छ । पार्टी संसदीय समितिको बैठकले उम्मेदवारको नामावलीलाई अन्तिम रुप दिएपछि सार्बजनिक गर्ने काँग्रेसको तयारी छ ।

महामन्त्री कृष्ण प्रसाद सिटौलाले अधिकांशको निर्बाचन क्षेत्र टुंगो लागिसकेकोले सोमबार औपचारिकता दिने जानकारी दिए । सिटौलाका अनुसार सभापति सुशील कोईराला बाँके र चितवनबाट प्रत्यक्षतर्फ चुनाव लड्ने निश्चित भैसकेको छ ।

यस्तै बरिष्ठ नेता शेरबहादुर देउवा डडेलधुरा र कैलाली तथा उपसभापति रामचन्द्र पौडेल तनहुँबाट चुनाव लड्ने काँग्रेसले जनाएको छ ।

फोरम नेपालले पनि उम्मेदवार छान्यो

मधेसी जनअधिकार फोरम नेपालले पनि अधिकांश उम्मेदवारको छनौट गरिसकेको जनाएको छ । केन्द्रीय समिति बैठकले अन्तिम सूची तयार पारेको र सोमबार पत्रकार सम्मेलन गरी सार्बजनिक गर्ने फोरम नेपालले जनाएको छ ।

फोरमले २८ जिल्लाबाट उम्मेदवारी दिने तयारी गरेको अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us