माओवादी मोर्चाले विरोधपत्र बुझाउँदै

काठमाण्डु टुडे २०७० असोज १३ गते ४:०३ मा प्रकाशित

maoist flagकाठमाण्डु, १३ असोज– चुनावी प्रकृयाप्रति असन्तुष्ट नेकपा–माओवादी नेतृत्वको मोर्चाले आइतबार देशभरका निर्वाचन कार्यालयमा विरोधपत्र बुझाउँदै छ । राजनीतिक सहमतिविना निर्बाचन प्रकृया अघि बढाएकोमा आपत्ति जनाउँदै मोर्चाले विरोधपत्र बुझाउन लागेको हो ।

मोर्चाको एक घटक क्रान्तिकारी कम्युनिष्ट पार्टीका संयोजक मणि थापाले दिउँसो कान्तिपथस्थित निर्बाचन आयोगको कार्यालयमा विरोधपत्र बुझाउने जानकारी दिए । निर्बाचन प्रकृया गलत भएकाले त्यसलाई रोक्नुपर्ने व्यहोरा सहितको विरोध पत्र बुझाइने उनको भनाई छ ।

मोर्चाको नेतृत्व गर्दै आएको नेकपा–माओवादीले दश बर्षसम्म युद्ध लडेको पार्टीलाई अलग राखेर चुनाव गर्नुको औचित्य नहुने भन्दै चुनाव विथोल्नेसम्मको चेतावनी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us