कारको ठक्करबाट एकजनाको मृत्यु

काठमाण्डु टुडे २०७० असोज १३ गते ३:२९ मा प्रकाशित

काठमाण्डु, १३ असोज–मर्निङवाकमा निस्केका एक पुरुषको काठमाण्डुको तिलिङ्गेटारमा कारको ठक्करबाट मृत्यु भएको छ । धादिङ घर भई गोङ्गबु बस्ने ७० बर्षीय पदम बहादुर गुरुङको मृत्यु भएको हो ।

कारको ठक्करबाट गम्भिर घाईते भएका उनको ग्रीनसीटी अस्पताल बसुन्धारामा उपचारको क्रममा मृत्य भएको प्रहरीले जनाएको छ । आइतबार विहान साढे ५ वजे बा ७ च ७०९१ नम्वरको कारले मर्निङवाकमा निस्किएका गुरुङलाई ठक्कर दिएको थियो । ठक्कर दिने कार र चालकलाई प्रहरी वृत्त महाराजगंजले नियन्त्रणमा लिएको छ ।

यसैगरी कीर्तिपुरको जलविनायक मोडमा बा ४६ प ९९ २० नम्बरको स्कुटर र बा २० प ४९३ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाईते भएका छन् । मृत्यु हुनेमा स्कुटर चालक काठमाण्डु कुलेश्वरका २० बर्षीय प्रशान्त बेलबासे रहेका छन् । उनको उपचारको क्रममा बयोधा अस्पताल बल्खुमा मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाईते भएका स्कुटरमा पछाडी सवार कुलेश्वरका १८ बर्षीय अंशुतोष भुषालको सोही अस्पतालमा उपचार भईरहेको छ । मोटरसाईकल चालक शंखमुलका १८ वर्षीय कपिल लम्सालको स्टार अस्पताल सानेपामा उपचार भईरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us