राजनीतिक सम्वाद अघि बढाएकोमा वान प्रसन्न

काठमाण्डु टुडे २०७० असोज १३ गते ३:०३ मा प्रकाशित

Ban-ki-moonन्युयोर्क १३ असोज–संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनले नेपालमा राजनीतिक संवादलाई अघि बढाउन भईरहेको प्रयास प्रति खुसी व्यक्त गरेका छन् । नेपालको शान्ति प्रक्रिया, चुनावी तयारी लगायतका विषयमा छलफल छलफल गर्दै महासचिव बानले संक्रमणकालीन न्यायका बारेमा गम्भीर छलफल अघि बढाउन प्रोत्साहित गरेका छन् ।

संयुक्त राष्ट्रसंघ महासभामा भाग लिन अमेरिका गएका मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीसँग गएराती पौने २ बजे भएको भेटमा महासचिव बानले चुनाव लगायतका विषयमा नेपाललाई सबै प्रकारका सहयोग गर्न आफू तयार रहेको पनि बताए ।

जवाफमा अध्यक्ष रेग्मीले शान्ति प्रक्रिया,चुनावी तयारी, दलहरु बीचको सहमति प्रयास लगायतका विषयमा जानकारी गराउँदै सरकार तोकिएको मितिमै चुनाव गराउन प्रतिबद्ध रहेको बताएको रेग्मीका प्रेस संयोजक राजेन्द्र पाण्डेले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us