उडिरहेको विमानमा पाईलटलाई हृदयघात

काठमाण्डु टुडे २०७० असोज १३ गते २:५४ मा प्रकाशित

काठमाण्डु – अमेरिकामा उडिरहेको एक विमानका चालकलाई अचानक हृदयघात भएपछि विमानको आपतकालिन अवतरण गरिएको छ । युनाईटेड एयलाईन्सको उक्त विमान १ सय ६१ यात्रुहरु सहित हुस्टनबाट सियाटल जाँदै थियो । विमान उडाई रहेका पायलट अचानक विरामी परेपछि विमानमा रहेका चिकित्सा क्षेत्रसँग सम्बन्धी यात्रुहरुले उनको प्राथमिक उपचार गरेका थिए । प्राथमिक उपचारकै क्रममा विमानलाई आपतकालिन अवस्थामा अवतरण गरिएको थियो ।

विमानस्थलबाट तुरुन्तै अस्पताल पुर्‍याईएका ६३ वर्षिय विमान चालकलाई अस्पताल पुर्‍याईए पछि घातक हृदयघात भएको पत्तो लागेको थियो । २६ वर्ष देखि विमान उडाईरहेका चालक हेनरी स्कलेमको उपचारका क्रममा नै मृत्यु भयो ।

उडिरहेको विमानमा विमानचालक अचानक विरामी परेपछि उपचारकालागि भन्दै विमानको आपतकालिन अवतरणको अनुमति लिईएको थियो । स्थानिय समाचार संस्थाहरुका अनुसार विमानमा यात्रा गरिरहेका दुईजना सैनिक चिकित्सकहरुले अवतरण अघि विमान चालकलाई उपचार दिएका थिए । विमानको आपतकालिन अवतरणका क्रममा यात्रुहरुले शान्त रहेर विमान चालकको स्वास्थ्य स्थितिबारेमा चिन्ता लिएका थिए । आपतकालिन अवतरण पश्चात अर्का एकजना विमान चालकले विमानलाई गन्तब्यमा पु¥याएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us