पाईलटलाई ह्दयघातपछि आपतकालीन बिमान अवतरण

काठमाण्डु टुडे २०७० असोज १३ गते २:४२ मा प्रकाशित

न्युयोर्क–अमेरिकामा उडिरहेको एउटा विमानका चालक हेनरी स्कलेमलाई अचानक ह्दयघात भएपछि विमानको आपतकालिन अवतरण गरिएको छ । युनाईटेड एयलाईन्सको उक्त विमान एक सय ६१ यात्रुसहित हुस्टनबाट सियाटल जाँदै थियो ।

विमान उडाई रहेका पायलट अचानक विरामी परेपछि विमानमा रहेका चिकित्सा क्षेत्रसँग सम्बन्धी यात्रुहरुले उनको प्राथमिक उपचार गरेका थिए । प्राथमिक उपचारकै क्रममा विमानलाई आपतकालिन अवस्थामा अवतरण गरिएको थियो । विमानस्थलबाट ६३  वर्षका  विमान चालकलाई तुरुन्तै अस्पताल पुयाईएपछि ह््रदयघात भएको पत्तो लागेको थियो ।
२६ वर्ष देखि विमान उडाईरहेका चालक हेनरी स्कलेमको उपचारका क्रममा नै मृत्यु भएको हो । उडिरेको विमानमा विमानचालक अचानक विरामी परेपछि उपचारकालागि भन्दै विमानको आपतकालिन अवतरणको अनुमति लिईएको थियो । स्थानीय समाचार संस्थाहरुका अनुसार विमानमा यात्रा गरिरहेका दुई जना सैनिक चिकित्सकहरुले अवतरण अघि विमान चालकलाई उपचार दिएका थिए । विमानको आपतकालीन अवतरणका क्रममा यात्रुहरुले शान्त रहेर विमानचालकको स्वास्थ्य स्थितिबारेमा चिन्ता लिएका थिए । आपतकालिन अवतरण पश्चात अर्का एकजना विमान चालकले विमानलाई गन्तब्यमा पुयाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us