उपाधी दावेदार म्यान्यु र सिटी पराजीत

काठमाण्डु टुडे २०७० असोज १३ गते १:४१ मा प्रकाशित

काठमाण्डु, १३ असोज – ईङलिस प्रिमियर लिगको पाँचौ लेगमा म्यानचेस्टर सीटीबाट ४–१ को हार बेहोरेको म्यान्चेस्टर युनाईटेडलाई छैठौं लेगमा समेत वेस्टब्रुमले स्तब्ध पारेको छ । हारसँगै लिग तालिकाको १२ औं स्थानमा झरेको म्यान्यूको १९९८–९० पछिको यो सबैभन्दा खराब लिग सुरुवात भएको छ । लिगका ६ खेलमा म्यान्यूले अहिलेसम्म मात्र २ खेल जितेको छ ।

शनिबार रातिको म्यानचेस्टर युनाईटेडको घरेलु मैदान ओल्डट्राफोर्डमा खेलिएको खेलमा ब्रुमले युनाईटेडलाई एकका विरुद्ध २ गोलले पराजीत गर्‍यो । बु्रमको युनाईटेड विरुद्ध १९८४ पछिको यो पहिलो जीत हो । ओल्डट्राफोर्डमा भने सन् १९७८ यता ब्रुमले म्यान्यूलाई हराउन सकेको थिएन । म्यान्युलाई हराउने क्रममा ब्रुमाका मोर्गन अम्लिफिटानो र सादियो बेराहिनोले एक–एक गोल गरे । म्यान्यूकालागि एकमात्र गोल वायन रुनीले गरे ।

शनिबार राति नै खेलिएका अन्य खेलमा एस्टन भिल्लाले म्यानचेस्टर सिटीलाई २ का विरुद्ध ३ गोलले पराजीत गर्‍यो । त्यस्तै चेल्सी र टोटेनह्यामबीचको खेल एक–एकको बराबरीमा रह्यो । कार्डिफ र फुलहमाबीचको खेल २–१ ले कार्डिफको नाममा रह्यो भने हलसिटीले वेस्टह्यालाई एक–शून्यले र साउथ ह्याम्टनले क्रिस्टल प्यालेसलाई दुई–शून्यले हरायो । लिगको शीर्ष स्थानमा रहेको आर्सनलले स्वानसी सिटिलाई २–१ ले हराउँदै लिगका तालिकाको शीर्ष स्थानमा आफूलाई कायम राखेको छ ।

लिग अन्तरगत आईतबार लिभरपुलले लिग तालिकाको पुछारमा रहेको सन्डरल्याण्डको सामना गर्ने छ भने स्टोक र नर्वीच पनि भिड्ने छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us