एएफसी यू–१६ च्याम्पियनसिपमा नेपालको महत्वपूर्ण जित

काठमाण्डु टुडे २०७० असोज १३ गते १:३५ मा प्रकाशित

foot-ball-finalकाठमाण्डु, १३ असोज– नेपाल सात वर्षपछि एएफसी यू–१६ च्याम्यिनसिप छनौटको दोस्रो चरणमा प्रवेश गरेको छ ।
दशरथ रंगशालमा आइतबार भएको अन्तिम खेलमा कप्तान विमल घर्तीमगरको हृयाट्रिकस“गै तुर्कमेनिस्तानलाई ४–० गोलको फराकिलो अन्तरले हराउँदै नेपाल दोस्रो चरण प्रवेश गरेको हो । पूरै खेल अवधिभर नेपाली टोलीले तुर्कमेनिस्तानलाई दबाबमा राख्यो । नेपालका लागि विमल घर्तीमगरले पहिलो हाफको इन्जुरी टाइको दोस्रो मिनेटमा पहिलो गोल गरे । अमित तामाङको पासलाई सदुपयोग गर्दै विमलले हेडमार्फत पहिलो गोल गरेका थिए ।

खेलको ५१ औं मिनेटमा गौरब बुढाथोकीको पासमा  विमलले नै दोस्रो गोल गरे । नेपालका लागि ७५ औं मिनेटमा दिनेश राजवंशी र ८२ औं मिनेटमा विमलले घर्तीले अर्को गोल गरेर खेल ४–० मा पु¥याए । आइतबार नै भएको दिनको पहिलो खेलमा बहराइन विजयी भयो । समूह ‘सी’ को छनोट चरणको अन्तिम खेलमा बहराइनले इराकलाई २–१ ले पराजित गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us