दुई माओवादी अध्यक्षबीच भेट

काठमाण्डु टुडे २०७० असोज १२ गते १५:२८ मा प्रकाशित

काठमाण्डु, १२ असोज- एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा-माओवादी अध्यक्ष मोहन वैद्यबीच शनिबार साँझ भेटवार्ता भएको छ ।

prachanda-baidhyaकाठमाण्डुको बानेश्वरस्थित एमाओवादीका एक कार्यकर्ताको डेरामा भएको भेटमा प्रचण्डले वैद्यलाई ४ मंसिरको निर्वाचनमा सहभागी हुन आग्रह गरेका थिए । वैद्यले मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा नदिएसम्म निर्वाचनमा सहभागी हुन नसक्ने जवाफ दिएको स्रोतले जनाएको छ ।
भेटमा दुई पार्टी एकताका विषयमा समेत छलफल भएको बताइएको छ । एकताबारे तत्काल निष्कर्षमा पुग्न नसके पनि छलफल जारी राख्ने सहमति भएको स्रोतले जनाएको छ । भेटमा वैद्यले निर्वाचन सुरक्षाका लागि सेना परिचालन गर्ने निर्णयप्रति आपत्ति जनाएको बुझिएको छ ।

भेटमा एमाओवादीबाट प्रचण्ड र नेता बाबुराम भट्टराई तथा वैद्य माओवादीबाट अध्यक्ष वैद्य र सचिव देव गुरु सहभागी थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us