उदयलाई टिकट दिए विद्रोह गर्ने चेतावनी

काठमाण्डु टुडे २०७० असोज १२ गते १३:०९ मा प्रकाशित

ललितपुर, १२  असोज– नेपाली काँग्रेस ललितपुर क्षेत्र नम्बर– १ का कार्यकताले संविधानसभा निर्वाचनमा फेरि पनि तरुण दल अध्यक्ष उदय शमशेर राणालाई टिकट दिए विद्रोह गर्ने चेतावनी दिएका छन् ।
राणाकै कारण पार्टीले यसअघि निर्वाचन हारेको भन्दै उनीहरुले यसपटक टिकट नदिन नेतृत्वलाई दबाब दिएका छन् । उनीहरुले चुनाव जित्ने उम्मेदवारलाई टिकट दिनसमेत आग्रह गरेका छन् । राजधानीमा शनिबार पत्रकार सम्मेलन गरी काँग्रेस जिल्ला सदस्य गणेश केसीले राणाको सट्टा तामाङ संघका सभापति केवलबहादुर लामालाई पार्टीले टिकट दिनुपर्ने माग गरे । अन्यथा पार्टीबाटै विद्रोह गर्ने चेतावनी उनले दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us