काठमाण्डु, १२ असोज– काठमाण्डु, १२ असोज – ४ मंसिरमा घोषित संविधानसभा निर्वाचन मिति नजिकिंदै गर्दा एउटा पार्टीबाट अर्कोमा प्रवेश गर्नेको लहर नै चलेको छ ।
यही मेसोमा पूर्वसञ्चार राज्यमन्त्री सुरिताकुमारी साहले भने एक महिनामा दुईवटा पार्टी प्रवेश गर्न भ्याएकी छन् ।
राजकिशोर यादवले नेतृत्व गरेको फोरम गणतान्त्रिकबाट गत मिहनामात्र तमलोपा प्रवेश गरेकी उनी शनिबार राजेन्द्र महतो नेतृत्वको सदभावना प्रवेश गरेकी छन् । उनी तमलोपा केन्द्रीय सदस्य थिइन् । शनिबार पार्टी कार्यालयमा भएको कार्यक्रममा अध्यक्ष महतोले यादवलाई फूलमाला लगाएर स्वागत गरे ।