माओवादी सम्भावित उम्मेदवारको मोटरसाइकलको ठक्करबाट मुत्यु

काठमाण्डु टुडे २०७० असोज १२ गते १२:१३ मा प्रकाशित

काठमाण्डु, १२ असोज– एकीकृत माओवादी भोजपुरा राज्य समिति सदस्य दुर्योधन चौधरीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।
prachandaमोटरसाइकलको ठक्करबाट गम्भीर घाइते चौधरीको उपचारका क्रममा काठमाडौँको बाँसबारीस्थित न्यू्रो अस्पतालमा शनिबार निधन भएको हो । ५८ वर्षीय चौधरीलाई गत असोज २ गते काठमाण्डुको कोटेश्वरमा बाटो काट्ने क्रममा मोटरसाइकलले ठक्कर दिएको थियो ।
बारा– रामपुर्वा गाविस–९ का स्थायी बासिन्दा चौधरीलाई एमाओवादीले आसन्न संविधानसभा निर्वाचनमा बारा–१ बाट प्रंत्यक्षतर्फ उम्मेदवार बनाउने तयारी गरेको थियो । उनी २०५१ सालको मध्यावधि निर्वाचनमा नेकपा (मसाल) का तर्फबाट बारा–१ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार थिए । थारु राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय सदस्यसमेत रहेका चौधरीका श्रीमती, ५ छोरा र १ छोरी छन् ।
यसैबीच एकीकृत माओवादी अध्यक्ष प्रचण्डले चौधरीको निधनबाट आफू र पार्टी स्तब्ध भएको बताएका छन् । उनको सचिवालयले एक विज्ञप्ति जारी गरी चौधरीको मृत्यु भएकामा गहिरो दुःख व्यक्त व्यक्त गरेको छ । यस्तै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us