उम्मेदवारी छनौटको गृहकार्य तीव्र

काठमाण्डु टुडे २०७० असोज १२ गते १३:१० मा प्रकाशित

काठमाण्डु, १२ असोज– प्रमुख तीन एकीकृत माओवादी, काँग्रेस र एमालेले संविधानसभा निर्वाचन उम्मेदवार छनौटका लागि गृहकार्य तीव्र पारेका छन् ।
त्यसका लागि शनिबार पनि एकीकृत माओवादीको उम्मेदवार छनौट समितिसहित पदाधिकारी बैठक बसेको छ । बैठकले उम्मेदवारहरुको करिबरिब टुंगो लगाएको छनौट समितिका संयोजक पोष्टबहादुर बोगटीले काठमाण्डु टुडेलाई जानकारी दिए । बोगटीले आइतबार बिहान ७ बजे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा बस्ने बैठकले उम्मेदवारको अन्तिम टुंगो लगाउने बताए ।
यस्तै उम्मेदवार छनौटका लागि नेपाली काँग्रेस संसदीय समितिको बैठक आज पनि बसिरहेको छ । काँग्रेसले ५० जिल्लामा उम्मेदवार छनौट गरिसकिएको र बाँकीको पनि छिट्टै अन्तिम टुंगो लगाइने जनाएको । यस्तै उम्मेदवार छान्न एमाले स्थायी कमिटी पनि बसेको छ । एमालेले हिजो पूर्वाञ्चल र मध्यमाञ्चलका सबै जिल्लाका प्रत्यक्षतर्फका उम्मेदवारको अन्तिम सूची तयार  पारेको थियो ।

निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि तोकेको समयसीमा नजिकिँदै गए पनि आकांक्षीको संख्या अधिक भएपछि दलहरु निर्णयमा पुग्न नसेकेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us