च्याम्पियन्स लीग क्रिकेटमा मुम्बईको जीत

काठमाण्डु टुडे २०७० असोज १२ गते ८:१७ मा प्रकाशित

MIकाठमाण्डु, १२ असोज– च्याम्पियन्स लिग ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिताको शुक्रवाररातीको खेलमा मुम्वई इण्डियन्सले पहिलो जीत दर्ता गरेको छ । शुक्रबार राति सम्पन्न खेलमा दक्षिण अफ्रिकी क्लब हाईभेल्ड लायन्सलाई सात विकेटले पराजीत गर्दै मुम्वईले पहिलो जीत दर्ता गरेको हो ।
समुह ए अन्तर्गत पहिलो खेलमा भारतीय क्लब राजस्थान रोयल्ससंग पराजीत भएको मुम्वईले आफ्नो तेस्रो खेलमा लायन्सलाई ७ विकेटले पराजीत गर्न सफल भयो । मुम्वई इण्डियन्स र ओटागोबीचको खेल वर्षाका कारण हुन सकेन् । शुक्रबार राति सम्पन्न खेलमा लायन्सले दिएको १ सय ४१ रनको लक्ष्य मुम्वईले केवल तीन विकेट गुमाई १८ दशमबल ३ बलमा पुरा ग¥यो । मुम्वईलाई जीत दिलाउन ड्वायन स्मीथले नटआउट ६३ रन जोड्दा किरन पोलार्ड ३१ रनमा नटआउट रहे । सचिन तेन्दुलकर भने पाच रनमै आउट भए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको लायन्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय ४० रन जोडेको थियो । लायन्सका लागि अल्भिरो पिटरसनले सर्वाधिक ३५ रन जोड्दा ड्वायन प्रेटोरियसले ३१ रनको योगदान गरेका थिए । प्रज्ञान ओझाले मुम्वई इण्यिन्सका लागि दुई विकेट लिए । जीतसंगै मुम्वईले तीन खेलबाट ६ अंक जोडेको छ । यता तीन खेल खेलेको लायन्सको भने २ अंक छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us