क्रिकेटको पहिलो खेल किर्तिपुरमा हुँदै

काठमाण्डु टुडे २०७० असोज १२ गते ४:४७ मा प्रकाशित

काठमाण्डु १२ असोज–ट्वान्टी ट्वान्टी राष्ट्रिय क्रिकेट अन्तर्गत किर्तिपुर मैदानमा शनिवार पहिलो खेल क्षेत्र नम्बर ४ भैरहवा र क्षेत्र नम्बर ९ महेन्द्रनगरबीच हुँदैछ । किर्तिपुरमै दोश्रो खेल क्षेत्र नम्बर २ विरगन्ज र क्षेत्र नम्बर ८ पोखराबीच हुनेछ ।
यस्तै पुल्चोक मैदानमा हुने पहिलो खेलमा क्षेत्र नम्बर ३ काठमाण्डुले क्षेत्र नम्बर ६ बैतडीसंग प्रतिस्पर्धा गर्दैछ । दोश्रो खेलमा क्षेत्र नम्बर ५ नेपालगन्जले विभागीय टोली एपीएफ क्लब भिड्नेछन् ।
काठमाण्डु, एपीएफ र नेपालगन्जले अहिले सम्म दुई÷दुई खेल जितेका छन् । भैरहवा, विरगन्ज, पोखरा र महेन्द्रनगरले १÷१ खेल जितेका छन् । एक खेल हारेका छन् भने बैतडीले पहिलो खेल खेल्न लागेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us