
काठमाण्डु, ११ असोज– एएफसी यू–१६ च्याम्पियनसिप– २०१४ छनोटअन्तर्गत समूह ‘सी’ को तेस्रो खेलमा नेपालले इराकविरुद्ध बराबरी खेलेको छ ।
पहिलो हाफमा २–० ले अगाडि रहेको इराकविरुद्ध दोस्रो हाफमा नेपालले दुई गोल फर्काएपछि खेल बराबरीमा रोकिएको हो ।
नेपालका लागि कप्तान विमल घर्तीमगर र अञ्जान विष्टले एक–एक गोल गरे । नेपालको जितपछि बलियो मानिएको इराकलाई इराकलाई ठूलो झड्का लागेको छ । नेपालले अर्को खेल आइतबार तुर्कमेनिस्तानसाग खेल्नेछ इराककका लागि पहिलो हाफको १५ औं मिनेटमा हसम हसनले र इन्जुरी टाइमको तेस्रो मिनेटमा अमिर सबाहले एकएक गोल गरे ।