महन्थ ठाकुरका सचिवले तमलोपा छाडे

काठमाण्डु टुडे २०७० असोज ११ गते १०:२१ मा प्रकाशित

काठमाण्डु, ११ असोज– तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) अध्यक्ष महन्थ ठाकुरका नीजि सचिव नवीन काफ्लेले पार्टी त्यागेका छन् ।
Navin Kafleउनी पार्टी परित्याग गरी शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी प्रवेश गरेका छन् । तमलोपाका प्रतिनिधिसमेत रहेका काफ्लेलाई पार्टीले आसन्न संविधानसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर–३ बाट उम्मेदवार बनाउन सिफारिस गरेको थियो ।

काफ्लेलाई अध्यक्ष  भण्डारीले शुक्रबार ललिपुरको ग्वार्कोस्थित पार्टी कार्यालयमा भएको कार्यक्रमका सदस्यता दिएका छन् । काफ्लेले आफू जातीय, क्षेत्रीय र साम्प्रदायिक सङ्कीर्णताबाट माथि उठेर काम गर्ने बताए । काफ्ले तमलोपा अध्यक्ष ठाकुरसँग २२ वर्षदेखिसँगै काम गर्दै आएका थिए । पहाडी मुलका भए पनि उनले मधेश आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us