
प्रसिद्ध अजेन्टनी फुटबल खेलाडी लियोनेल मेसी ट्याक्स छलीको आरोपमा स्पेनको अदालत समक्ष प्रस्तुत हुने भएका छन् ।
चार पटक युरोपियन प्लेयर अफ द इयर भईसकेका मेसी स्पेनको क्लब बार्सिलोनाबाट ब्यवसायिक फुटबल खेल्छन् । लियोनेल मेसी र उनका बुवा जर्जो मेसीमाथि झण्डै चार मिलियन यूरो ट्याक्स छली गरेको आरोप छ । मेसी बाबु छोरा दुवै जनाले यो आरोपको खण्डन गर्दै आएका छन् । बार्सिलोना र अर्जेन्टीनाका स्ट्राईकर मेसी र उनको बुवा विरुद्ध वार्सिलोनाको गाभा अदातको बन्द सत्रमा सुनुवाई हुने बताईएको छ । उनीहरुलाई तीन पटक स्पेन राज्यलाई ट्याक्स छली गरको आरोप लागेको छ ।