चीन–भारत सीमा विवाद सुल्झाउने बैठक आइतवारदेखि बेइजिङमा

काठमाण्डु टुडे २०७० असोज १० गते १८:४६ मा प्रकाशित

वेइजिङ–चीन–भारत सीमा क्षेत्र सम्बन्धी सल्लाह र समन्वय कार्यप्रणालीको चौथौ बैठक आइतवार र सोमबार बेइजिङमा हुन लागेको छ ।

बैठकमा चीन–भारत सीमा क्षेत्रको परिस्थिति,सीमा रक्षा बिभाग वीचको अनुभव आदान प्रदान र सहयोग,सीमा क्षेत्रको शान्ति र सुरक्षा संरक्षण जस्तामा बिषयमा छलफल हुने छ । 
बेइजिङमा बिहिवार आयोजित नियमित पत्रकार सम्मेलनमा चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता हुङ लेइले चीन–भारत सीमा सम्बन्धी सल्लाह र समन्वय कार्यृ प्रणाली स्थापना भएयता आपसी समझदारी र सहयोग,सीमा क्षेत्र सम्बन्धी मामिलाको समाधान,सीमाको संरक्षण जस्ता बिषयमा छलफल हुने जानकारी दिए ।
सीमा क्षेत्रको शान्ति र सुरक्षाको संरक्षण गर्नु नै चीन र भारतको साझा प्रतिबद्धता रहेको र दुई देश वीचको सम्बन्ध स्वस्थ तथा स्थिर बिकासको महत्वपूर्ण अंश भएको पनि उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us