एमाओवादीका मुख्य नेताको उम्मेदवारी टुंगो लाग्दै

काठमाण्डु टुडे २०७० असोज १० गते ६:१६ मा प्रकाशित

Top-leaders-of-the-UCPN-Maoistकाठमाण्डु, १० असोज– पार्टीका मुख्य नेता प्रत्यक्ष निर्वाचनमा सहभागी हुने नीति लिएको एकीकृत नेकपा माओवादीले विहीबार उम्मेदवारको टुंगो लगाउने भएको छ । संविधानसभा निर्वाचनका लागि पार्टीका मुख्य नेताको उम्मेदवारीलाई अन्तिम रुप दिन केन्द्रीय कार्यालय र उम्मेदवार छनौट समितिको संयुक्त बैठक बसीरहेको छ ।

बैठकले मुख्य नेताको उम्मेदवारीलाई अन्तिम रुप दिएपछि बिहीबार साँझसम्म सार्वजनिक गर्ने एक नेताले जानकारी दिए । एमाओवादीको कार्यालयमा अध्यक्ष, नेताहरु डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटी छन् । बोगटी उम्मेदवार छनोट सिफारिस समितिका संयोजकसमेत हुन् ।

मुख्य नेताको क्षेत्र टुंगो लगाएर सार्वजनिक गरेपछि थप चुनावी माहोल बन्ने एमाओवादीको विश्वास छ । माओवादीले पार्टीका मुख्य नेता प्रत्यक्ष निर्वाचनमा सहभागी हुने नीति लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us