बालुवाटारमा विद्यार्थीको धर्ना

काठमाण्डु टुडे २०७० असोज १० गते ४:३९ मा प्रकाशित

काठमाण्डु, १० असोज– पेट्रोलियम पदार्थ भएको मूल्यबृद्धि फिर्ताको माग गर्दै आन्दोलनरत विद्यार्थीहरुले विहीबार मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीको सरकारी निवास अघि एकघण्टा धर्ना दिएका छन् । मूल्यबृद्धि फिर्ताको माग गर्दै १७ विद्यार्थी संगठनले बालुवाटारस्थित रेग्मीको निवास अगाडी धर्ना दिएका हुन् ।

धर्ना दिदै विद्यार्थीहरुले मूल्यबृद्धि फिर्ताको माग गर्दै नाराबाजी गरेका थिए । नेपाल आयल निगमसँगको वार्ता विफल भएपछि संयुक्त विद्यार्थी संघर्ष समितिले आन्दोलनलाई जारी राखेको छ ।

निगमले गत भदौ २५ गते मूल्य बढाउँदै पेट्रोलको मूल्य प्रतिलिटर १ सय ३० र डिजेल तथा मट्टीतेलको मूल्य १ सय ३ रुपैयाँ पुर्याएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us