रोयल्स र ओटागो बिजयी

काठमाण्डु टुडे २०७० असोज १० गते ४:३१ मा प्रकाशित

च्याम्पियन्स लिग टी–२० प्रतियोगिता अन्तरगत बुधबार राती भएको खेलमा भारतीय क्लब राजस्थान रोयल्स र न्युजिल्याण्डको क्लब ओटागो विजयी भएका छन् । राजस्थान रोयल्सले साउथ अप्कन टोली लायन्सलाई ३० रनले पराजित गरेको छ । 
बुधबारको खेलमा टस हारेर ब्याट्रिकम निम्त्याईएको राजस्थानले ब्राड हगको ४६, स्टुअर्ट बिनीको ३८, शेन वाट्सनको ३३ र कप्तान राहुल द्रविडको ३१ रनको मदले ५ विकेटको क्षतिमा १ सय ८३ रन बनायो । जवाफमा दक्षिण अफ्रिकी क्लबले निर्धारित २० ओभरमा ९ रन गुमाउँदै मात्र १ सय ५३ रन बनाउन सक्यो । राजस्थानलाई जीत दिलाउन बलर प्रविन ताम्बेले ३ ओभर बलिङ गर्दै मात्र १५ रन दिएर ४ विकेट लिए । अर्को खेलमा ओटागोले अष्टे«लियको क्लब पर्थ स्कोर्चसलाई ६२ रनले पराजित ग¥यो । टस जितेर ब्याटिङमा निम्त्याईएको न्युजिल्याण्डको क्लबले निर्धारित २० ओभरमा २ सय ४२ रनको विशाल लक्ष बनाएको थियो । ओटागोका नील बु्रमले ५६ बलमा १ सय १७ रनको उत्कृष्ट पारी खेले । जवाफमा पर्थ १ सय ८० रनमा अलआउट भयो । पर्थलाई हराउने क्रममा ओटागाका बलर ईयान बटलरले ३ विकेट लिए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us