तुइन चुँडिदा युवक बेपत्ता

काठमाण्डु टुडे २०७० असोज १० गते १:३६ मा प्रकाशित

दार्चुला, १० असोज – दार्चुला र भारतको सीमा क्षेत्र तामाघाटस्थित धौलिगंगा नदीमा रहेको तुइन चुँडिदा एक युवक बेपत्ता भएका छन् । भारतबाट खाद्यान्न ओसार्ने क्रममा दार्चुलाको सुनसेर गाविस–१ का २३ वर्षीय धिरेन्द्र कुँवर बुधबार साँझ तुइन चुँडिएर नदीमा बेपत्ता भएका हुन् ।

दार्चुलासँगै जोडिएको धौलिगङ्गा र महाकाली नदीको तामाघाट सङ्गमस्थल हो । घटना भारत सीमा क्षेत्रमा भएकाले ढिला खबर आएको दार्चुला जिल्लाका प्रहरीनायव उपरीक्षक टीकाबहादुर केसीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us