
काठमाण्डु, १० असोज–लिग कप फुटबलमा म्यानचेष्टर युनाइटेडले लिभरपुललाई पराजित गरेको छ । गएराति भएको खेलमा म्यानचेष्टरले १–० को जित निकाल्दै प्रिमियर लिगमा ब्यहोरेको हारको बदला लिएको छ ।
घरेलु मैदान वर्ड ट्राफर्डमा भएको खेलमा म्यानचेष्टरका लागि ४६ औं मिनेटमा हर्नान्डेजले गोल गरेका थिए । १० खेलको प्रतिवन्धपछि मैदान फर्किएका लुइस स्वारेजले पनि लिभरपुलको हार टार्न सकेनन् ।
अर्को खेलमा आर्सनलले वेष्टब्रोमलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गरेको छ । अब चौथो चरणमा चेल्सीले आर्सनल प्रतिद्वन्द्वी पाएको छ भने म्यानचेष्टर युनाइटेड र नरविच तथा म्यानचेष्टर सिटी र न्यूक्यासल भिड्ने छन् ।