५० प्रतिशत युवालाई उम्मेदवार बनाउँछौँ: सापकोटा

काठमाण्डु टुडे २०७० असोज ९ गते १२:४५ मा प्रकाशित

काठमाण्डु, ९ असोज– एकीकृत माओवादी प्रवक्ता अग्नि सापकोटाले ४ मंसिरमा घोषित संविधानसभा निर्वाचनमा ५० प्रतिशतभन्दा बढीलाई उम्मेवार बनाउने बताएका छन् ।
agni sapkotaराजधानीमा बुधबार भएको एक कार्यक्रममा सापकोटाले आफ्नो पार्टीमा अत्याधिक युवा सहभागिता रहेकाले ५० प्रतिशत युवालाई उम्मेदवार बनाउने बताएका हुन् । उनले तीन दिनभित्र समानुपातिक र पाँच दिनभित्र प्रत्यक्षतर्फको उम्मेदवारको अन्तिम टुंगो लगाउने गरी गृहकार्य भइरहेको जानकारी दिए ।

उनले पार्टीको चुनावी घोषणपत्रको मस्यौदा पनि यसै साता सार्वजनिक गर्ने बताए । उनले समानुपातिक, मौलिक लोकतान्त्रिक व्यवस्था र समाजिक न्यायसहितको आथिर्क विकासको एजेण्डलाई घोषणपत्रमा जोड दिइएको जानकारी दिए । कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य एनपी साउदले पनि सहभागिताका आधारमा आफ्नो पार्टीले ५० प्रतिशत युवालाई उम्मेदवार बनाउने बताए ।

एमाले केन्द्रीय सदस्य योगेश भट्टराईले आफ्नो पार्टीले १८ देखि ४० वर्षसम्मका मतदाताको संख्याका आधारमा यूवाहरुलाई उम्मेदवार बनाउने जानकारी दिए । उनले विगतमा काँग्रेस र एमालेका शीर्ष नेताले चुनाव हारेका कारण संविधान नबनेको दाबी गर्दै यसपटक शीर्ष नेतृत्वलाई जिताउनुपर्ने विचार व्यक्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us