एमाले अध्यक्ष खनालका स्वकीय सचिवबाट पार्टी परित्याग

काठमाण्डु टुडे २०७० असोज ९ गते १२:२७ मा प्रकाशित

काठमाण्डु, ९ असोज– एमाले अध्यक्ष झलनाथ खनालका नीजि सचिव निर्मल भट्टराईले पार्टी परित्यागको घोषणा गरेका छन् ।
nirmalउनले अध्यक्ष खनाललाई पत्र लेखी पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका हुन् । अध्यक्ष खनालका निकट सहयोगी र विश्वासपात्रका रुपमा चिनिएका उनी पार्टीको राज्य व्यवस्था समिति र राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य थिए । एमाले प्रतिनिधि परिषद् महाधिवेशनपछिको दोस्रो ठूलो निकाय हो ।
उनले उम्मेदवारी छनोट प्रक्रियामा असहमति जनाउँदै राजीनामा दिएको बताएका छन् । उनले पार्टीमा खटिएका इमान्दार निष्ठावान कार्यकर्तालाई पाखा लगाएर नेताको खल्तीबाट झिकिएकालाई उम्मेदवार बनाउन लागिएकाले आफूले एमाले छाडेको काठमाण्डु टुडेलाई बताए । उनले आफू तत्काल अन्य पार्टीमा प्रवेश नगरे पनि कम्युनिष्ट आन्दोलनमै रहने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us