पार्टी एकतामा आउन वैद्यलाई प्रचण्डको अपिल

काठमाण्डु टुडे २०७० असोज ९ गते १२:०५ मा प्रकाशित

काठमाण्डु, ९ असोज– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूबाट अलग भएर मोहन वैद्य prachandaनेतृत्वमा गठित नेकपा–माओवादीलाई पार्टी एकतामा आउन अपिल गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बुधबार भएको पार्टी प्रवेश कार्यक्रममा उनले दुई माओवादी मिल्नुको विकल्प नरहेको बताए । संक्रमणकालको सकारात्मक व्यवस्थापनका लागि पनि दुई पार्टी मिल्नैपर्ने बाध्यता रहेको उनको भनाइ थियो ।

उनले नेपालको प्रगति चाहाने देशभक्त जनताले दुईवटा माओवादीले देख्न नचाहेको बताए । आफ्नो अपिललाई सकारात्मक रुपमा लिएर वैद्य माओवादी एकतामा आउने दाबी उनले गरे । प्रचण्डले संविधानसभा निर्वाचनमार्फत संक्रमणकाल अन्त्य गर्न दुई माओवादीको एकता जरुरी रहेकामा जोड दिए ।
कार्यक्रममा वैद्य माओवादीबाट एमाओवादी फर्किएका केन्द्रीय सदस्य महेन्द्र पासवानले वैद्य माओवादी विघटनको संघारमा रहेको दाबी गरे । क्रान्तिकारी शक्तिलाईभन्दा पूर्वदरबारियालाई विश्वास गर्ने वैद्यको नीतिका कारण आफूहरु विद्रोह गर्न बाध्य भएको पासवनाले बताए ।

उनले वैद्य माओवादीको मूल नेतृत्वले मधेसी, महिला, मुस्लिम, आदिवासी जनजाति र उत्पीडित वर्ग तथा क्षेत्रका जनताको मुक्तिको एजेण्डा छाडेर दरबारियाहरुसँगको साँठगाँठमा रमाएको आरोप लगाए । यस्तै अर्का केन्द्रीय सदस्य हरि ज्ञवालीले दुई माओवादी छिट्टै एक हुने र त्यसको प्रक्रिया आफूहरुले सुरु गरेको बताए

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us