कक्षा १२ को परीक्षाफल सार्वजनिक

काठमाण्डु टुडे २०७० असोज ९ गते १०:२९ मा प्रकाशित

काठमाण्डु, ९ असोज – उच्च माध्यामिक क्षिक्षा परिषद् सानो ठिमी भक्तपुरले कक्षा १२ को व्यवस्थापन, मानविकी र शिक्षाशास्त्र संकायको परीक्षाफल प्रकाशित गरेको छ ।
hsebनियमिततर्फ ८० हजार ६ सय २० परीक्षार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यो कूल परीक्षार्थीको ३८ दशमलब ६३ प्रतिशत हो ।

गत वैशाख १७ गतेदेखि भएको परीक्षामा देशभरबाट २ लाख ८७ हजार ७ सय १ परीक्षार्थी सहभागी थिए । परिषद्का अनुसार ५ जनाको परीक्षाफल स्थगित गरिनुका साथै सय ५१ जनाको परीक्षाफल रद्ध गरिएको छ ।

यस्तै आंशिकतर्फ १ लाख ३५ हजार ४ सय १२ ले परीक्षा दिएकामा ४२ हजार ५ सय ३८ अर्थात ३० दशमलब ९६ प्रतिशत उत्तीर्ण भएका छन् । विज्ञान संकायको परीक्षाफल भने यसअघि नै प्रकाशित भइसकेको छ ।

www.hseb.edu.np वा www.hseb.ntc.net.np लग अन गरेर परीक्षाको नतिजा हेर्न सकिने च्च माध्यामिक क्षिक्षा परिषद्ले जनाएको छ । परीक्षाको नजिता मोबाइलमा पनि थापा पाउन सकिने छ । त्यसका लागि मोबाइलको म्यासेज बक्समा गई एचएसइवी टाइप गरी एक स्पेश दिएर आफ्नो सिम्बोल नम्बर लेखेर ५५६६ मा एसएमएस गर्न सकिन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us