एमाले अखिलले आज नयाँ नेतृत्व पाउने

काठमाण्डु टुडे २०७० असोज ९ गते ५:१२ मा प्रकाशित

flag of akhilकाठमाण्डु, ९ असोज– एमालेनिकट अनेरास्ववियुको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना दुई दिनपछि सुरु भएको छ ।
एमाले मुख्यालय बल्खुमा जारी मतगणनाको परिणाम आजै साँझसम्ममा सार्वजनिक हुने महासचिवकी उम्मेदवार       नवीना लामाले जानकारी दिइन । निर्वाचनमा अध्यक्षका लागि लक्ष्मण लम्साल र किशोरविक्रम मल्लबीच प्रतिस्पर्धा भएको छ ।

महाधिवशनले ११ पदाधिकारी र ४५ सदस्यीय सचिवालयसहित १ सय ३५ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ । निर्वाचनको मतगणना हिजै हुने भनिए पनि एक दिनपछि मात्र सुरु भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us