भुवन केसीले लगाएनन् कमल थापाको टीका

काठमाण्डु टुडे २०७० असोज ९ गते १०:२८ मा प्रकाशित

काठमाण्डु , ९ असोज – नायक भुवन केसीको राप्रपा नेपाल प्रवेशको कार्यक्रम अचानक रोकिएको छ ।
bhuwanराप्रपा नेपालले केसी अस्वस्थ भएकाका कारण पार्टी प्रवेश गर्ने नसेकको दाबी गरेको छ । केसीलाई बुधबार अध्यक्ष कमल थापाले राप्रपा नेपाल प्रवेश गराउने कार्यक्रम थियो । राप्रपा नेपालका प्रचार संयोजक मोहन श्रेष्ठले अध्यक्ष थापालाई टेलीफोन गरी केसीले अस्वस्थताका कारण आफू कार्यक्रममा आउन नसकेको जानकारी गराएका थिए । उनले केसी केही दिनभित्र फेरि अर्को कार्यक्रम गरी आफ्नो पार्टीमा आउने दाबी गरे ।

केसी यसअघि माधव नेपालको हातबाट टीका लगाएर एमाले प्रवेश गरेका थिए । उनले संविधानसभामा प्रत्यक्ष वा समानुपातिकमध्ये कुनै एकबाट आफूलाई उम्मेदवार बनाउन एमाले शीर्ष नेतृत्वलाई आग्रह गरेका थिए । तर पार्टीको कुनै पनि कमिटीबाट आफ्नो नाम सिफारिस नभएपछि केसीले राप्रपा नेपाल पस्ने सुरु कसेका हुन् ।

राप्रपा नेपालले झापा निर्वाचन क्षेत्र नम्बर–२ बाट संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवार बनाउने प्रतिबद्धता जनाएपछि उनी पार्टी प्रवेशका लागी राजी भएका हुन् । भुवन केसी नआएपछि अध्यक्ष थापाले  जनार्दश आचार्य, पदम ठकुराठी र मोहन पोखरेल लगायतलाई पार्टी प्रवेश गराएका छन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us