सन्राइजर्सबाट वेस्ट इण्डिज क्लब पराजित

काठमाण्डु टुडे २०७० असोज ९ गते ३:४२ मा प्रकाशित

Cricketभारत ९ असोज–च्याम्पियन्स लिग क्रिकेट प्रतियोगितामा भारतीय क्लब सन्राईजर्स हैदराबादले वेस्ट ईन्डिजको क्लब ट्रिनिडाड एण्ड टोबाकोलाई पराजित गरेको छ । भारतको मोहालीमा मंगलबार राती भएको खेलमा सनराईजर्सले ट्रिनिडाड एण्ड टोबाकोलाई ४ विकेटले पराजित गरेको हो ।
मंगलबार नै मोहालीमा खेलिएको अर्को खेलमा दक्षिण अफ्रिकी ब्लब टाईन्सले अष्ट्रलियन क्लब व्रिस्वेन हिटलाई ४ रनले पराजित गरेको छ । लगातार दुई खेल हारेको व्रिस्वेनको अब अर्को चरणमा प्रवेश गर्ने सम्भावना निकै कम भएको छ ।
हैदरावाद र ट्रिनिडाड एण्ड टोवाकोबीचको खेलमा टस जितेर पहिले फिल्डिङ रोजेको हैदराबादले ट्रिनिडाडले दिएको १ सय ६१ रनको लक्ष पछ्याउँदै खेलमा मात्र ३ बल बाँकी छँदा रोमाञ्चक जीत हाँसिल गरेको थियो । ट्रिनिडाडकालागि डेरेन ब्राभोले मात्र ४४ बलमा ६६ रनको उत्कृष्ट पारी खेलेका थिए । हैदराबादका तर्फबाट वेस्टईन्डिजकै खेलाडी डेरेन स्यामी तथा थिसारा परेरा र ईशान्त शर्माले २–२ विकेट लिए ।
हैदराबादको जवाफका क्रममा अधिकांश समय खेल नियन्त्रणमा राखेको ट्रिनिडाडको हातबाट श्रीलंकाली खेलाडी थिसारा परेराले जीत खोसे । उनले मात्र ३२ बलमा ५७ रनको उत्कृष्ट पारी खेलेर हैदराबादको जीत सुनिश्चित गराए । ट्रिनिडाडका लागि सुनिल नाराईने उत्कृष्ट बलिङ गर्दै निर्धारित ४ ओवरमा मात्र ९ रन दिएर ४ विकेट लिएका थिए । तर उनको बलिङले उनको टोलीलाई जीत दिलाउन सकेन । उत्कृष्ट ब्याटिङका साथ दुई विकेट समेत लिएका थिसारा परेर म्यान अफ द म्याच घोषित भए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us