काँग्रेस–एमाले उम्मेदवार छान्ने गृहकार्यमा

काठमाण्डु टुडे २०७० असोज ९ गते ३:२९ मा प्रकाशित

काठमाण्डु, ९ असोज– उम्मेदवारी दर्ताको समय नजिकिंदै गर्दा उम्मेदवार टुंगो लगाउन काँग्रेस र एमालेले आज पनि आन्तरिक गृहकार्य जारी राख्ने भएका छन् ।
उम्मेदवार चयनका लागि काँग्रेस संसदीय समितिको बैठक बस्दैछ । बैठकमा क्षेत्रगत आधारमा उम्मेदवारको टुंगो लगाउनेबारे छलफल हुने नेता अर्जुननरसिंह केसीले जानकारी दिनुभयो । त्यस्तै उम्मेदवारको टुंगो लगाउन एमाले स्थायी समिति बैठक आज पुन: बस्दैछ ।
जिल्ला र अञ्चलबाट सिफारिस भएर आएका नाममा क्षेत्रगत छलफल थालेको एमालेले ३० प्रतिशत उम्मेदवारी चयनको काम सम्पन्न भइसकेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us